• २०८३ असार ५
  • 2026 June 19, Friday

माओवादीको आग्रह– भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति बनाओस् सरकार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति बनाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाले छानबिन समिति नबनेसम्म आन्दोलन जारी राख्ने भनेको भन्दै तत्काल समस्या समाधान गरेर अघि बढ्न आग्रह गरे ।

उनले भने, ‘यसबारे गम्भीर ढंगले छानबिन गर्न जरुरी छ । सबैले यो विषय उठाउँदै आइरहेका छौँ। उहाँहरूले छानबिन समिति नबनेसम्म सदन अवरोध गर्ने कुरा जानकारी गराउनुभएको छ ।

सरकारले छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ । त्यसमा हामीले भरोसा गरेका छौँ, अब ३० दिन लगाउन जरुरी छैन, केही दिन तत्काल गठन गरेर सबैको भावना केन्द्रीकृत गर्नुपर्छ ।’

उनले शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्नुपर्ने भएकाले त्यसबाट सरकार पछि हट्न नमिल्ने बताए ।