• २०८३ जेठ २२
  • 2026 June 05, Friday

चीनले आफ्ना नागरिकलाई जोर्डन सीमामार्फत इजरायल छोड्न आदेश दिए

काठमाडौँ । चीनले आफ्ना नागरिकहरूलाई इजरायल छाड्न भनेको छ ।

इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै चीनले जोर्डनको बाटो हुँदै फर्किन भनेको छ ।

चिनियाँ दूतावासले हवाई क्षेत्र बन्द भएकाले स्थलमार्ग प्रयोग गर्न भनेको छ ।

चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार जोर्डन र इजिप्टसँग जोडिएको इजरायली सिमाना खुल्ला छ ।

त्यसैले चिनियाँ दूतावासले जोर्डनको बाटो प्रयोग गरेर फर्किन आफ्ना नागरिकलाई भनेको बीबीसीले जनाएको छ ।