• २०८३ असार ५
  • 2026 June 19, Friday

यातायात कार्यालयका कर्मचारीमाथि दुई करोड ५१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका आठौँ तहका कर्मचारी कमलराज गौतमविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दर्ता गराएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत गौतमउपर २ करोड ५१ लाख बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।