• २०८३ असार ४
  • 2026 June 18, Thursday

निलम्बनविरुद्ध पाण्डेद्वारा उच्च अदालत पाटनमा रिट दायर, सुनुवाइ बुधबार तय

काठमाडौँ । निलम्बित काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेपछि पाण्डेले मंगलबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।

पाण्डेले दायर गरेको रिटमा बुधबार पेसी तोकिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।पाण्डेलाई गत जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि लागेको थियो । गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।