काठमाडौँ । कार्यकारी अधिकृतविरुद्धको मुद्दा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
घुसररिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझेपछि गोलन्जोर गाउँपालिकाका कार्यकारी अधिकृत भोला कुमार आले समेतका प्रतिवादीहरुविरुद्धको मुद्दा लिएर अख्तियार सर्वोच्च पुगेको हो ।
