• २०८३ असार ४
  • 2026 June 18, Thursday

संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको व्यंग्यात्मक प्रतिप्रश्न : ‘मज्जा लाग्यो ?’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्न नपाएको विषयमा सञ्चारकर्मीको प्रश्नमा रमाइलो प्रतिप्रश्न गरेका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीमा थियो। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण सभामुख देवराज घिमिरेले उक्त कार्यक्रम हटाए।

बैठकपछि संसद् बाहिर निस्कँदा सञ्चारकर्मीले सोधे, ‘आज तपाईंले संसदमा बोल्न पाउनुभएन, हैन ?’ जवाफमा ओलीले हाँस्दै उल्टै प्रश्न गरे, ‘मज्जा लाग्यो ?’