• २०८३ जेठ २२
  • 2026 June 05, Friday

इरानलाई आणविक सम्झौतामा निर्णय गर्न दुई साताको समय : ट्रम्पको घोषणा

काठमाडौं। । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेका छन् ।

“हामी इरानसँग कुरा गर्नेछौँ र के गर्ने भनेर निर्णय लिनेछौँ”, ट्रम्पले भने, “इरानका बारेमा अमेरिकाले के गर्ने भन्ने निर्णय अहिले नै गर्न सकिँदैन।”

ट्रम्पले गत जुन १३ देखि इरानविरुद्ध इजरायलले सुरु गरेको कारबाहीमा आफ्नो देशको सहभागिताबारे दुई हप्ताभित्र निर्णय गर्ने घोषणा गरेका हुन् ।

उनले भने, “इरान युरोपसँग होइन, संयुक्त राज्य अमेरिकासँग कुरा गर्न चाहन्छ, तेहरानले आणविक हतियार राख्ने वा नराख्ने भन्ने निर्णय लिन थप केही समय (दुई हप्ता) को समय पाउनेछ ।” इजरायलले इरानमाथिको हवाई आक्रमण रोक्नुपर्ने मागलाई अस्वीकार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले परिस्थितिले अनुमति दिएमा इरान र इजरायलबीच युद्ध विरामको समर्थन गर्न सक्ने स्पष्ट पार्दै भने, “इरानीहरू होशमा आउँछन् कि आउँदैनन् भनेर हेर्नका लागि दुई हप्ता उपयुक्त समय हो।”