• २०८३ असार ४
  • 2026 June 18, Thursday

एमालेको सचिवालय बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्ने तय भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ११ असारमा सचिवालय बैठक बस्नेछ ।

उनका अनुसार यो सचिवालयले विधान महाधिवेशनबारे निर्णय गर्नेछ । एमालेले आगामी २०-२२ भदौमा विधान महाधिवेशन गर्दैछ ।

विधान महाधिवेशनको एजेन्डा, तयारी लगायतबारे सचिवालय बैठकबाट निर्णय हुनेछ ।