• २०८३ असार ४
  • 2026 June 18, Thursday

बालुवाटारमा सत्ता पक्षीय दलको बैठक सुरु

काठमाडौँ । सत्तापक्षीय दलले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्तापक्षीय दलहरूको बैठकले बजेटबारे छलफल गर्दै संसदबाट आजै पास गर्ने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले जानकारी दिए ।

‘संसदबाट बजेट पास गर्नुपर्ने छ । त्यसैबारे छलफल भयो । आजै बजेट पास गर्नेगरी कुराकानीहरू भएका छन्’ । ‘बजेट पास गर्न सत्तापक्ष एकमत भएका छौ ।’

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी थिए ।

आर्थिक वर्षको बजेटमाथि बाँकी मन्त्रीहरूले जवाफ दिएर आजै बजेट पारित गर्ने तयारी छ । विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।