
काठमाडौँ । युद्ध विरामको चर्चाबीच इरानले इजरायलमा प्रहार गरेको मिसाइल आक्रमणमा परी तीन जना इजरायली नागरिकको मृत्यु भएको छ ।
इजरायली फायर तथा रेस्क्यु सर्भिसले इरानको पछिल्लो मिसाइल आक्रमणका दक्षिणी इजरायलमा तीन जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
आपत्कालीन सेवा मगेन डेविड अदोमका अनुसार मृत्यु भएका ४० वर्षीय पुरुष, ३० वर्षीया महिला र २० वर्षीय युवकको मृत्यु भएको छ ।
घटनामा थप ६ जना व्यक्तिहरू सामान्यदेखि मध्यम घाइते भएका छन् । उनीहरूको अहिले उपचार भइरहेको छ।