• २०८३ असार ४
  • 2026 June 18, Thursday

संसदमा गृहमन्त्रीको सम्बाेधन, रास्वपा र राप्रपा शान्त

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ गृहमन्त्री रमेश लेखकले दिएका छन्।

बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरू उठेर अवरोध जनाएको भए पनि सभामुखले गृहमन्त्रीलाई बोल्न दिएपछि बसेका थिए।

सोमबार सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। उनले दुई बुँदे सहमति अनुसार नै सरकारले साेमबार गठन गरेको बताए।