काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिएको छ ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आज संसद बैठकमा बोल्दै यो समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह गरे ।गृहमन्त्री रमेश लेखक इतिहास निर्माण गरेको स्वच्छ चरित्रको व्यक्ति भन्दै उनले प्रशंसा गरेका थिए ।
घिमिरेले भने, ‘उहाँ पटक-पटक मन्त्री भएको बेदाग चरित्र हो । उहाँले भित्रैबाट सदाशयताका साथ काम गर्ने विश्वास गर्न सकिने पर्याप्त आधारहरू छन् ।’रास्वपा र राप्रपालाई संसद बहिष्कार नगर्न उनले आग्रह गरे । सरकारलाई शंकाको सुविधा दिएर यो समितिको काम हेर्न उनको सुझाव थियो ।
‘बहिष्कार गरेर यसरी कति दिन चल्छ रु सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ? यो समितिलाई साथ दिन म हार्दिक निवेदन गर्छु समितिलाई साथ दिऊँ । शंकाको सुविधा दिएर हेर्नुस् । के परिणाम आउँछ भन्ने त हेरौँ ।’ घिमिरेले भने ।