जिता बरालको नर्सिङ लाइसेन्स खारेज

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले जिता बरालको नर्सिङ लाइसेन्स खारेज गरेको छ ।

नर्स बरालले २०७७ असोज ६ गते ट्रम सेन्टरमा अभद्र व्यवहार गरेकी थिइन् । उक्त दिन उनले ट्रमा सेन्टरको आकस्मिक कक्षमा जथाभावी बोल्दै अभद्र व्यवहार गरेको भिडियो नै सार्वजनिक भएको थियो ।

उक्त घटनापछि ट्रमाका तत्कालिन निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले बराललाई कारबाहीका लागि पत्र पठाएका थिए । सोही पत्रपछि काउन्सिलल छानबिन अगाडि बढाएको थियो ।

काउन्सिलको गत चैत १३ गते बसेको बैठकले बरालको नाम काउन्सिलको दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णय अहिले सार्वजनिक भएकाे हाे । काउन्सिलका अनुसार बरालको दर्ता नम्बर ८८९४ थियो । अब उनको दर्ता नम्बर हटाइएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१