• २०८३ असार ४
  • 2026 June 18, Thursday

संसदीय समितिको बैठकमा पुगे ‘प्रचण्ड’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।

अहिले जारी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रचण्ड’ सहभागी भएका हुन् ।

शीर्ष नेताहरू संसद र समितिको बैठकमा कमैमात्र सहभागी हुने गरेका छन् । बैठकमा प्रचण्डसँगै गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानवीर राई पनि सहभागी छन् ।