• २०८३ असार ४
  • 2026 June 18, Thursday

डा. शेखर कोइरालासँग सुर्खेतबाट ३१ दिन हिँडेर काठमाडौँ पुगेका नवराजको भेट

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदल यात्रा काठमाडौँ आएका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहरालाई भेटेका छन्।

नेता कोइरालाले आफ्नो सचिवालयमा बोलाएर बोहरालाई भेटेका हुन्। कोइराला सचिवालयका अनुसार भेटमा उनले सुशासनको पक्षमा आफ्नो साथ रहेको बताएका छन् ।

यसअघि प्रधानमन्त्री केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताहरुले बोहरालाई भेटेका थिए ।