काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खेतीको समयमा किसानले मल नपाएको भन्दै कृषि मन्त्रीसँग असन्तुष्टि पोखेका छन् ।
सत्ता साँचो कता छ भनेर सहजै थाहा पाउन सके पनि हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री एकसाथ बेपत्ता हुने गरेको भन्दै उनले टिप्पणी गरेका हुन्।
‘बरु नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन्’, उनले भनेका छन्, ‘तर हरेक साल जेठ(असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन् ? कसैले थाहा नपाउने भो ।’
राजनीतिमा घेराबन्दी तोड्ने कुरा सुनेको भए पनि मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता ननिस्किएको उनको भनाइ छ ।