• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । काठमाडौँको जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी बनेर परीक्षा दिने व्यक्ति पक्राउ परेका छन्।

एमपीए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायको तर्फबाट परीक्षामा सहभागी भएका जुम्ला चन्दननाथ नगरपालिका-८ घर भई काठमाडौँ धुम्वाराही बस्ने २६ वर्षका केशव रोकायलाई पक्राउ गर्न क्याम्पस प्रशासनबाट निवेदन प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई शिक्षा सम्बन्धी ऐन कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।