• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भारी वर्षामा गाडी चलाए प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई कारबाही गरिने गृहमन्त्री लेखकको चेतावनी

  • २०८२ असार १२, बिहीबार ११:३५

गृहमन्त्री रमेश लेखकले मनसुनको समयमा जोखिम बढेकाले सावधानी नअपनाउने जिल्ला प्रमुख र सुरक्षाकर्मीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

बुधबार गृह मन्त्रालयद्वारा आयोजित “विपद् पूर्वतयारी तथा प्रतिकार्य” सम्बन्धी बैठकमा बोल्दै उनले भारी वर्षाको चेतावनीपछि गाडी चलाइएको पाइएमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र ट्राफिक प्रमुखलाई कारबाही गरिने स्पष्ट पारे।

उनले रोगी वा एम्बुलेन्सबाहेक अन्य सवारी साधन सन्चालनमा ल्याउन भनसुन भए पनि क्षमा नहुने बताए।

मन्त्री लेखकले सुरक्षा निकायलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिँदै नागरिकमा सूचना प्रवाह प्रभावकारी बनाउन जोड दिए। पहिरोका कारण सडक अवरुद्ध र सवारी साधन बगाउने घटना बढेकाले सडक दुर्घटनामा जिम्मेवार चालकलाई पुरस्कृत र अटेरी गर्नेलाई कारबाही गर्नुपर्ने उनले धारणा राखे।

साथै, गृहसचिव र प्रहरी प्रमुखहरूलाई निर्देशन सर्कुलर गर्न पनि उनले आदेश दिए।

  • २०८२ असार १२, बिहीबार ११:३५