• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

फेसबुकका नकारात्मक कमेन्टहरुलाई सार्वजनिक गर्न थालिन् एलिनाले

  • २०८२ असार १२, बिहीबार ११:५४

गायिका एलिना चौहान सामाजिक सञ्जालमा एकाएक आक्रोशित हुँदै प्रतिक्रिया जनाएकी छन्।

बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले आफूमाथि सामाजिक सञ्जालमा अत्याधिक नकारात्मक कमेन्ट आएको गुनासो गरेकी थिइन् । उनले लेखेको पोस्टमा , “कमेन्टको अत्याचार धेरै भयो, पालैपालो पोस्ट गर्छु, भाइरल हुन चाहनेहरू आइजा है।”

त्यसको केहिबेर पछी नै उनले नकारात्मक कमेन्टहरु सहित ती व्यक्तिहरुको फेसबुक एकाउन्ट र तष्बिरहरु सेयर गर्न थालिन् । हालसम्म एलिनाले आफ्नो सामाजीक संजालबाट आधा दर्जन बढी व्यक्तिहरुको फेसबुक खाता सार्वजनिक गरिसकेकी छन् ।

पूर्वपति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद भएपछि उनलाई लिएर गरिएको आलोचनात्मक टिप्पणीहरूबाट आक्रोशित बनेकी एलिनाले यस्ता कमेन्ट गर्नेहरूलाई सार्वजनिक गर्ने चेतावनी दिएकी छन्।

  • २०८२ असार १२, बिहीबार ११:५४