• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्यमा वृद्धि, कति पुगेको छ अहिलेको दर?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

तोलामा तीन सय रुपैयाँले बढेर आज एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला एक लाख ९२ हजारमा कायम भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १ सय ७५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।