३६ हजारभन्दा बढीले पाए सीवाईसी लघुवित्तको आईपीओ

काठमाडाैं । सीवाईसी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता लघुवित्तको शेयर बाँडफाँट गरेको हो ।

बिहीबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा शेयर बाँडफाँट गर्दै ३६ हजार ९ सय ४८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडिएको जानकारी दिएको हो ।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३ सय ३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७ सय ६६ कित्ता सामूहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४ सय ८८ कित्ता मात्रै सर्वसाधारणको लागि छुट्याएको थियो ।

२२ लाख ५ हजार ६ सय ३३ जनाको आवेदन परे पनि ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएकाे थियाे । हाल लघुवित्तको चुक्ता पुँजी ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ४० रुपैयाँ पुग्नेछ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१