
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
शुक्रवार आयोगले धनुषास्थित धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंह, उपाध्यक्ष रामबति देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृत गौरी संकर मण्डलसहित ९ जना र कन्स्ट्रक्सन प्रा.ली. विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार उनीहरूले सार्वजनिक सम्पत्तिमा हानी-नोक्सानी पुर्याउँदै हिनामिना गरेको अभियोगमा कारबाही अघि बढाइएको हो।