• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

२ मतले पराजित भएपछि गच्छदारले गुहारे निर्वाचन समिति

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित भएपछि विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

गच्छदारले मतपरिणाममा असहमति जनाएर पुनः गणनाको माग गरी निवेदन दिएका छन् ।