काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का नतोडिने भएको छ ।
सञ्चारमाध्यमहरुमा सुनकोसी मरिण डाइभर्सनको ठेक्का तोड्न लागेको समाचारहरु आइरहेका बेलामा सरकारले तत्काल ठेक्का नतोडिने बताएको हो ।
आइतवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ३१ महिना काम भइसकेको र २ वर्ष जति समय बाँकी रहेको बताए। कुल १५ प्रतिशत काम पूरा भएको ठेकेदारको दाबी रहेको बताए ।