• २०८३ असार ४
  • 2026 June 18, Thursday

संसदको कार्यसूची निर्धारणका लागि परामर्श समिति बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार मध्याह्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ ।

बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिनेसहितका कार्यसूची तय भएका छन् ।

बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने सम्भावित कार्यसूची पनि राखिएको छ ।