• २०८३ असार ४
  • 2026 June 18, Thursday

डेढ घण्टा पछि सारियो कांग्रेसको केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति डेढ घण्टा पर सारिएको छ ।  सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

१६ असारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले धारणा राखिसकेका छन् । आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राख्ने र निर्णय गरी बैठक समापन गर्ने तयारी छ ।