• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी

काठमाडौँ । नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।

शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले महासंघ विरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दिएका हुन् । उजुरीमा महासंघ दर्ताविना नै सञ्चालन भइरहेको भनिएको छ ।

दर्ता विना संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत, प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम उठाएको आरोप उजुरीकर्ताले लगाएका छन् । महासंघको गतिविधि रोकेर आवश्यक अनुसन्धान गर्न निवेदककर्ताले माग गरेका छन् ।