काठमाडौँ । सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि हवाई टिकटसम्बन्धी नियममा थप कडाइ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने सबै एयरलाइन्सलाई परिपत्र जारी गर्दै भिजिट भिसामा जाने नेपालीहरूको दुईतर्फी टिकट गन्तव्य मुलुकमा नपुगुन्जेलसम्म रद्द गर्न नमिल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
सरकारले भिजिट भिसामा वैदेशिक यात्रामा जाने नेपाली नागरिकहरूलाई नियमन गर्ने मापदण्डमा दुईतर्फी टिकट अनिवार्य सर्तभित्र राखेको छ । सोही अनुसार कार्यालयले गन्तव्य मुलुकमा यात्रु नपुग्दासम्म टिकट रद्द नगर्न भनेको हो ।
भिजिट भिसामार्फत विदेश जानेहरूको हकमा दुईतर्फी टिकट, होटल बुकिङ, डलर लगायतको व्यवस्था पहिला नै गर्नुपर्ने प्रावधान छ । तर, बोर्डिङ पास हुने विक्तिकै दुईतर्फी टिकट रद्द गर्ने गरेको देखिन्छ । कार्यालयले त्यसलाई कडाइ गर्दै गन्तव्य मुलुक नपुग्दासम्म रद्द नगर्न परिपत्र गरेको हो ।
विभागले पछिल्लो समय केही यात्रुहरूले नेपालको अध्यागमन प्रक्रिया पूरा गरिसकेपछि हवाई टिकट रद्द गर्ने गरेको पाइएको भन्दै यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यो प्रवृत्तिले सरकारको नियमको उद्देश्यलाई नै कमजोर बनाएको विभागको ठहर छ ।नयाँ निर्देशनअनुसार अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकले आफ्नो गन्तव्य मुलुकको अध्यागमन प्रक्रिया सफलतापूर्वक पूरा नगरेसम्म उनीहरूको फर्कने टिकट रद्द वा परिवर्तन गर्न पाइने छैन ।
विभागले यो व्यवस्था अनिवार्य रूपमा लागू गर्न सबै एयरलाइन्सलाई अनुरोध गरेको हो ।भिजिट भिसामार्फत विदेश जानेहरूको हकमा दुईतर्फी टिकट, होटल बुकिङ, डलर लगायतको व्यवस्था पहिला नै गर्नुपर्ने प्रावधान छ । तर, बोर्डिङ पास हुने विक्तिकै दुईतर्फी टिकट रद्द गर्ने गरेको देखिन्छ । कार्यालयले त्यसलाई कडाइ गर्दै गन्तव्य मुलुक नपुग्दासम्म रद्द नगर्न परिपत्र गरेको हो ।