काठमाडौँ । सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शपथ खुवाएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए ।
शपथपछि उनीहरूको आजै इजलास समेत तोकिएको छ ।