
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले बुढानीलकण्ठ वडा नम्बर ३ मा मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
केएमसीको प्राविधिक सहयोग तथा नमन यजकेयर एन्ड फिजियोथेरापी रिह्याबिटेसन सेन्टरको आयोजनामा भएको स्वास्थ्य शिविरमा ७ सय ३५ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा १६३ जनाको ल्याब परीक्षण, १४५ जनाको भिडियो एक्सरे, १३७ जनाको ईसीजी गरिएको थियो ।
१३ जनाको दाँत निकालिएको थियो भने २३ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।