• २०८३ असार ४
  • 2026 June 18, Thursday

बाढीपछिको अवस्थाको अवलोकन गर्न रसुवा जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ । रसुवामा बाढी र पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र तीन वटै सुरक्षा निकायका प्रमुखहरू आज त्यसतर्फ जाँदै छन्

सोमबार राति आएको बाढी र पहिरोका कारण भएको क्षति हेर्न प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि रसुवा जाने तय भएको छ।

यसैगरी, तीन वटै सुरक्षा निकायका प्रमुखहरू पनि अवलोकन टोलीमा सहभागी हुने भएका छन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गर्न जाने कार्यक्रम छ।