राप्रपा: ‘भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग गठन नगरेसम्म संसद् बहिष्कार जारी राख्ने’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद अनिसा नेपालीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद् बहिष्कार गर्ने बताएकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएका हुन् । उनले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टी निरन्तर आन्दोलन भए पनि सरकारले नसुनेझैँ गरेको बताइन् ।

‘भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेर राप्रपाले लामो समयदेखि सरकारसँग जोडगार माग गरेको छ,’ सांसद नेपालीले भनिन्, ‘तर सरकारले सुनेपनि नसुनेजस्तै गरेको सभामुख महोदय । जबसम्म छानबिन समिति बन्दै तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बहिष्कार गर्दछ ।’

सांसद नेपालीले बाढी-पहिरो पीडितहरूको उद्धार तथा राहतमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१