
काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसद् भवनभित्र ड्रोन बसेको विषय प्रतिनिधि सभाको बैठकमा राखेका छन् ।
आजको बैठकमा बोल्दै असार २३ गते बेलुका ९ देखि ९:३० बजेसम्मको समयतिर संसद्को बायाँतिर ठूलो ड्रोन आएर खसेको समाचार आएको बताए ।
उनले भने, ‘कहाँबाट के का लागि आएको थियो ?संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो पाएन ? अन्तर्राष्ट्रिय रूपमा आतंकवादी गतिविधि बढिरहेको बेलामा ड्रोनबाट के भएको हो ? यस्तो गम्भीर विषयमा संसद्लाई जानकारी गराइयोस् ।’