• २०८३ असार ४
  • 2026 June 18, Thursday

‘कुलिङ अफ पिरियड’ प्रकरण छानबिनका लागि विशेष समितिको बैठक जारी

काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको भनिएको गडबडीबारे अध्ययन गर्न विशेष समितिको बैठक सुरु भएको छ।

बुधबार सिंहदरवारस्थित राज्यव्यवस्था तथा सुशासन समितिको सभाहलमा बसिरहेको बैठक समितिका संयोजक जीवन परियारको अध्यक्षतामा बसिरहेको छ ।

प्रतिवेदनमा खासगरी कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा देखिएको त्रुटि अध्ययन गर्न सभामुख देवराज घिमिरेले परियारको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेका थिए । उक्त समितिलाई छानबिनको लागि २१ दिनको समय दिइएको छ ।

समितिमा सांसद सुशीला थिङ, नारायणप्रसाद आचार्य, ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य रहेका छन् ।