माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने भएको छ । बैठक दिउँसो ४ बजे केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।

बैठकमा समसामयिक परिस्थितिबारे  र बाढी पहिरोले पुर्‍याएको क्षति, उद्धार र राहतमा सरकारको भूमिकाको विषयमा  छलफल हुने बताइएको छ ।

त्यस्तै सरकारको कामकारबाही, सदनमा पार्टीको भूमिका लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१