रास्वपाले उम्मेदवार छनोट कार्यविधि स्वीकृत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरेको छ ।

बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बुर्लाकोटीका अनुसार पार्टीले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्नेछ र प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने बताएका छन् ।

‘सचिवालय बैठकले रुपन्देही जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको छ’, उनले भने, ‘पार्टीले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्नेछ र प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्नेछ।’

साथै बैठकले सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१