प्रधानमन्त्री निवासअगाडि नेविसंघको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको मूल गेटअघि नै प्रदर्शन गरेका छन् ।

उनीहरुले नालायक सरकार मुर्दावादको नारासमेत लगाएका थिए । शैक्षिक माफिया होशियार, नालायक सरकार मुर्दावादको नारा लगाएका ती नेविसंघका नेता तथा कार्यकर्ताहरुले प्रहरीले पक्राउ गरी भ्यानमा हालेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१