
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई र एमालेबाट ललकार्ने दुवै काम बन्द हुनुपर्ने बताएका छन् । उनले आपसमा विमर्श गर्न र सहकार्यमार्फत समस्याको समाधान खोज्न आह्वान पनि गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेसँगै स्वयं भण्डारी र एमाले नेताहरूबाट एक अर्काप्रति आइरहेका कडा सार्वजनिक अभिव्यक्तिप्रति लक्षित गर्दै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत एक अर्कालाई नलल्कार्न भनेका हुन् ।
उनले लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ ।’ ललितपुरको च्यासलमा नेकपा एमालेको केन्द्रीय कार्यालय छ ।
भट्टराईले थप लेखेका छन्, ‘बसौँ, आपसमा विमर्श गरौँ, सहकार्य मार्फत समाधान खोजौँ, जबजको मर्म पनि यही हो ।’