• २०८३ असार ४
  • 2026 June 18, Thursday

सामाजिक विकास प्रमुखविरुद्ध अख्तियारको मुद्दा सर्वोच्च अदालतमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालयका प्रमुखविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

शुक्रबार सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहितका अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

उनीहरूमाथि डोल्पा, ठुली भेरी न.पा. ३ स्थित दुनै सदरमुकाममा कभर्डहल तथा खेलमैदान निर्माण कार्यमा सम्झौता बमोजिम कार्य भएको भनी गलत नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा बिल तयार गरी गराई फिल्डमा हुँदै नभएको कामको समेत भुक्तानी लिएको आरोप आयोगले लगाएको थियो ।