रुपन्देही–३ मा जनमोर्चाबाट बद्रे आलम उम्मेदवार

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा हुने उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलम (मुसलमान)लाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष चित्र बहादुर केसीले जानकारी दिए ।

अध्यक्ष केसीले आइतबार विज्ञप्ति जारी गर्दै आलमलाई उम्मेदवार बनाउने निर्णय भएको जनाएका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१