‘सेवा नै धर्म हो’ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै समाजसेवी दधी आचार्यले दृष्टिविहीन आमाघर निर्माणका लागि सहयोग प्रदान गरेका छन्। दृष्टिविहीन ७०–७५ जना ज्येष्ठ महिलाहरू बसोबास गरिरहेको आमाघरको निम्ति निर्माणधीन आवासको काम अघि बढिरहँदा समाजसेवी आचार्यले आफ्नै उपस्थितिमा रू. २१,000 बराबरको ईट्टा सहयोग गरेका हुन्।
उनको यस योगदानले समाजमा सकारात्मक सन्देश दिएको छ। ‘दिने हात सधैं महान हुन्छ, जसले रोप्छ उसले कटनी गर्छ’ भन्ने भनाइलाई सार्थक बनाउँदै उनले भविष्यमा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यस अभियानको सुरुवातमा माया थामीजस्ता समर्पित समाजसेवीको निरन्तर प्रयासले ठूलो भूमिका खेलेको छ। मानवता र सेवा भावले भरिएको यो कार्यले दृष्टिविहीन आमाहरूको जीवनमा उज्यालो थप्ने विश्वास लिइएको छ। समाजका यस्ता निस्वार्थ सेवामा लाग्ने व्यक्तिहरू साँचो प्रेरणा हुन्।