• २०८३ असार ३
  • 2026 June 17, Wednesday

इन्जिनियर र वडा अध्यक्षसहित सातजनामाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ ।

आइतबार आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष दुर्गा प्रसाद रायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो ।

उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।