बैंकिङ सुधार प्रतिवेदन कार्यदलद्वारा पेश

काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले गठन भएको कार्यदलले एक महिनामा प्रतिवेदन तयार पारि नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई प्रतिवेदन बुझाएको हो ।

डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा बनेको कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहेका थिए ।

कार्यदलले गभर्नर पौडेलसमक्ष असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । सोमबार भने अन्तिम प्रतिवेदन बुझाएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१