
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार गुप्ताले राजीनामा दिएर रिक्त रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा आजै नयाँ अनुहार ल्याउने भएका छन् ।
गुप्ता घुस डिल गरेपछि राजीनामा दिएर भूमिबाट अलग भएकै दिन प्रधानमन्त्री ओलीले नयाँ अनुहार ल्याउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे नयाँ मन्त्रीको नाम टुँग्गो लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्तीको तयारीको सन्दर्भमा पार्टीका उपमहासचिव समेत रहेका आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग एक चरण छलफल गरिसकेका छन् ।
तर, साँझ ५ बजे आफ्नो टिमको बैठक राखेर नयाँ नाम फाइनल गर्ने भएका छन् । अहिले सामान्य प्रशासन मन्त्रालयको नेतृत्व खाली राख्न नहुने भन्दै तत्काल नियुक्ती गर्ने प्रधानमन्त्री ओलीको तयारी छ