• २०८३ असार २९
  • 2026 July 13, Monday

नागढुंगा सुरुङमार्गका लागि जापानको ५ अर्ब १३ करोड सहुलियतपूर्ण ऋण स्वीकार

काठमाडौं । सरकारले निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने ५ अर्ब ७० करोड जापानी येन बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। उक्त निर्णय हालै बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो।

यो सहायता जापान सरकारको जाइकामार्फत उपलब्ध हुने हो, जसअन्तर्गत नेपाललाई दीर्घकालीन सहुलियत दरमा ऋण दिइनेछ। नागढुंगा सुरुङ्गमार्ग काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने महत्वपूर्ण पूर्वाधार परियोजना हो, जसले राजधानी क्षेत्रको यातायात चाप कम गर्ने र दुर्गम क्षेत्रलाई सहज पहुँच दिलाउने लक्ष्य लिएको छ।