
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअनुसार दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा दफावार छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ ।
त्यस्तै बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल हुनेछ ।