स्याङ्जा चापाकोटमा काँग्रेस कार्यकर्ताको खुकुरी प्रहारबाट एमाले कार्यकर्ता घाइते

स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता बीचमा खुकुरी हानाहान भएको छ । चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेको नेकपा एमालेका कार्यकर्ता र काँग्रेस कार्यकर्ता बीचमा वीपी चोकमा खुकुरी हानाहान भएको हाे ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेका देवबहादुर खाँण (ईश्वर)काे योजना अनुसार आफूहरुमाथि खुकुरी प्रहार गरेको एमाले स्थानीय नेताले आरोप लगाएका छन् । स्थानीयका अनुसार उनीमाथि गुण्डागर्दी गर्ने आरोप पहिले देखि नै लाग्दै आएको थियो । झडपमा परी एमालेका चापाकोट १० निवासी नारायण हिस्कीमगर घाइते भएका छन् ।

घाइते मगरको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दियो । चापाकोटको नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार देवबहादुर खाँण (ईश्वर) र एमालेबाट राजु कोइराला मेयरका उम्मेदवार बनेका छन् ।

चापाकोटमा नगरपालिका नेपाली कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१