• २०८३ असार ३
  • 2026 June 17, Wednesday

एकीकृत समाजवादी र वामदेवको पार्टीबीच औपचारिक एकता घोषणा

काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीच एकता घोषणा भएको छ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा भएको हो।

दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच गत शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो।

एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिने त्यतिबेलै सहमति भएको थियो।  सोहीअनुसार आज सभागृहमा एकता घोषणा भएको हो।