झलनाथ खनाल भन्छन् – ‘वामपन्थी एकता बिना मुलुक अघि बढ्दैन’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता अहिलेको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय एकता अभियानसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै वामपन्थी एकताको लागि सही नीति र सिद्धान्त आवश्यक रहेको बताए ।

उनले भने, ‘समीक्षा गरेर वामपन्थी एकताको साझा आधार तयार पारेर सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्नु आजको महत्त्वपूर्ण कर्तव्य हो । त्यसका लागि हामी आफैँ बदलिनुपर्छ । हामीले पार्टीलाई बलियो बनाउनुपर्छ, गलत चिन्तन हामी भइरहेका छन्, त्यसताविरुद्ध दृढतापूर्वक संघर्ष गर्नुपर्छ ।’

उनले एमाले र माओवादीबीच एकता हुँदा नीतिगत बनाउन नसकेको कारणले टिक्न नसकेको बताए । नेकपा एकताबद्ध हुँदा दुई तिहाइ मत प्राप्त गरेको भए पनि देशको कम्युनिस्ट आन्दोलन भयावह रूपमा दक्षिणपन्थी अवसरवादमा परिणत भएको आरोप लगाए। नेकपा विघटनको दिनदेखि चौतर्फी राजनीतिक संकटमा फसेको उनको बुझाइ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१