नेकपा एसमा समाहित भएपछि वामदेवको भनाइ: ‘म एक्लै आएको छैन’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि वामदेव गौतमले आफू सय वर्ष हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताएका छन्।

पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै आफूलाई सय वर्षसम्म बाँच्छुजस्तो लागेको बताए । उनले विभाजित कम्युनिष्ट पार्टीलाई एउटै बनाउने प्रयास नछाड्ने बताए।

उनले एमाले र माओवादीबीच एकता हुँदा आफूजति खुसी अरु कोही नभएको भने पनि त्यो असफल भएको बताए । उनले भने, ‘चार वर्षपहिले म आउन पाएको भए समाजवाद हुन्थ्यो। किनभने म लागेपछि हुन्छ।

म लागेपछि समाजवाद निर्माण हुन्छ। सबैको साथमा लाग्ने हो, एक्लै लाग्ने होइन, यो आवश्यकता छ आजको ।’उनले आफू आन्दोलनबाट आएको नेता भएको बताए ।

उनले थपे, ‘म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिले पनि सफल भइनँ । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१